www.jobsfirst.org.np मा तपाईंलाई स्वागत छ
यस वेब साइटको निर्माण रोजगारदाताहरु तथा शिपमूलक तालिम प्रदायकहरुको लागि गरिएको हो। त्यसको साथसाथै विभिन्न प्रकारका रोजगार अवसरहरु, तालिम अवसरहरु र "नेपालमा आय आर्जनको लागि शिक्षा" कार्यक्रम अन्तर्गत विभिन्न तालिम प्रदायकहरुले संचालन गरेका शिपमूलक तालिमहरुका बारेमा रुचि राख्ने हरुको लागि पनि यस साइट उत्तिकै उपयोगि छ।
यस वेब साइटबाट निम्म उल्लेखित वर्ग/क्षेत्रहरु लाभान्वित हुने आशा गरिएको छ।
- यस साइटद्वारा आफुसंग भएका रोजगार अवसरहरुको जानकारी दिन चाहने नेपालका सबै रोजगारदाताहरुले आफ्नो आवश्यकता अनुसारको दक्ष कामदारहरु खोजी गरी काममा लगाउन सक्नेछन्
- मध्य पुर्व तथा खाडी मुलुकहरुको लागि दक्ष तथा अर्ध दक्ष कामदारहरुलाई रोजगारी दिलाउने वैदेशिक रोजगार प्रवर्धक संस्थाहरु
- "नेपालमा आय आर्जनको लागि शिक्षा" कार्यक्रम अन्तर्गत प्राविधिक तालिम संचालन गर्दै अएका तालिम प्रदायकहरु रोजगार बजार तथा तालिम आवश्यकताहरु बारेमा सुचना प्राप्त गरि सोही अनुसारले तालिम कार्यक्रमहरु संचालन गर्न सक्दछन्।
- शिपमूलक तालिम लिई रोजगारी लिन चाहने मध्य पश्चिमाञ्चल बिकास क्षेत्रका एस. एल. सि. अनुत्तिर्ण युवाहरु।
अस्विकारोक्ती: "यस वेब साइटमा उपलब्ध गराइएका जानकारीहरु अमेरिकी सरकारको आधिकारीक जानकारीहरु होइनन् र यसले अन्तराष्ट्रिय विकासको लागि अमेरिकी निकाय अथवा अमेरिकी सरकारको विचार एवं मान्यताहरुको प्रतिनिधित्व पनि गर्दैन।"